काठमाडौं । भारतलगायत अन्य देशबाट आयात हुने तरकारी तथा फलफुलमा उपलब्ध भएसम्म कोरोना तथा विषादी परीक्षण गरेपछि मात्रे नेपाल भित्राउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘भारतलगायत अन्य देशबाट आयात हुने फलफुल तथा तरकारी जस्ता वस्तुहरुमा पाइने विषादी र कोभिड १९ उपलब्ध भएसम्म परीक्षण सुविधा प्रयोग गरेपछि मात्रै आयात गर्नु, आन्तरिक रुपमा उत्पादन भएका फलफुल तथा तरकारीहरुको विषादी तथा कोभिड १९ को समेत उपलब्ध भएसम्म परीक्षण सुविधा उपयोग गरी वितरण गर्नु ।’
अधिवक्ता मणिराम उपाध्यायले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइ उक्त रिट हालेका थिए ।
SHARE YOUR THOUGHTS