काठमाडौं । आइतबार थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये धनकुटाका ३४ वर्षे महिला, बिराटनगरकी २९ वर्षे महिला र ३६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । हालसम्म कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् भने ३६ जना उपचारपछि निको भएका छन् ।
SHARE YOUR THOUGHTS