लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय « Eglish Khabarhub

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । सरकारले लकडाउन थपेको पछिल्लो पटकको निर्णय भोलि सोमबार सकिँदै थियो ।

नेपालमा हालसम्म २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘लकडाउन र सामान्य जनजीवनलाई सँगसँगै लैजानुपर्ने बाध्यता हामीसँग छ । त्यस सन्र्दभमा पनि छलफल भएको छ ।’

उनले कृषि उद्योगसँग सम्बन्धि काम, ढुवानीको काम निरन्तर नै रहन्छन् । निर्माणसँग, ठूलादेखि साना आयोजनाका काम यथावत नै रहने बताए ।

त्यसैगरी आजको बैठकमा धेरै मानिसहरु क्वारेन्टाइनमा बसेर पनि कुनै काम गर्न सक्ने अवस्थामा पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काममा जोड्न सकिने विषयमा छलपल भएको जानकारी दिए ।

उनले अब सबैले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडिबुटीको सेवन तथा उपयोग गर्न पनि सुझाव दिए ।

Publish on: