काठमाडौं । कपिलवस्तु जिल्लाको यशोधारा गाउँपालिका ८ का दुई वटा क्वारेन्टाइनबाट ४५ जना मानिसहरु भागेका छन् । शुक्रबार र शनिबार ४५ जना मानिसहरु क्वारेन्टाइन छाडेर भागेका हुन् ।
क्वारेन्टाइनबाट भागेर घर पुगेपछि कपिलवस्तुमा थप जोखिम बढेको छ । यशोधरा गाउँपालिकामा हालसम्म १२ जना कोरोना संक्रमितहरुको पुष्टि भइसकेको छ । भारतबाट आएका उनीहरु क्वारेन्टाइनमा थिए ।
कपिलवस्तुमा कोरोना संक्रमितहरु बढ्दै गएपछि जिल्ला भरी ५ गतेसम्मका लागि सिल गरिएको थियो । तर उक्त निर्णय कडा रुपमा कार्यान्वयन नहुँदा क्वारेन्टाइनबाट भागेर मानिसहरु घरघर पुगेका छन् । यसले संक्रमणको जोखिम अझ बढाएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
SHARE YOUR THOUGHTS