नीति तथा कार्यक्रमले भ्रम फैलायो, बजेटमा त्यस्तो विषय नराख्नुः सांसद रावल « Eglish Khabarhub

नीति तथा कार्यक्रमले भ्रम फैलायो, बजेटमा त्यस्तो विषय नराख्नुः सांसद रावल



काठमाडौं । सांसद भिम रावलले सरकारले जनतामा भ्रम छर्ने खालको नीति तथा कार्यक्रम ल्याएको र त्यो बजेटमा समावेश नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद रावलले नीति तथा कार्यक्रममा अन्तरदेशिय उद्योग धन्दा खोल्ने विषय समावेश भएको र त्यो विषय नेपालको कुनै पनि कानूनले नमिल्ने बताए । उनले भने ‘यस्तो महामारीको समयमा जनतामा भ्रम छर्ने विषय समावेश गर्नु हुँदैन ।

चूनौतीको बेलामा अस्पष्ट नीति ल्याउनु हुँदैन ।’ उनले बजेटमा यस्ता कुरा नराख्न पनि आग्रह गरेका छन् ।

बैठकमा सांसद रावलले सरकारले कोरोना न्यूनिकरणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले अहिले विभिन्न देशमा रहेका नेपाली नेपालमा आउन चाहेकोले उनीहरुको लागि रोजगारी लगायतका क्षेत्रमा बजेट विनियोजन गर्न माग गरेका छन् ।

कोरोनाको डर रहेको समयमा भारतले नेपालको सिमा मिचेको भन्दै राष्ट्रिय स्वाधिनता, स्वतन्त्रतामा बढी ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । भारतले मिचेको नक्सा समेटेर आउने विषय स्वागयत योग्य विषय रहेको उनको भनाइ छ ।

Publish on: