लोकसेवाको परीक्षाबारे आयोगको निर्णय, नयाँ विज्ञापन नहुने, भइसकेकाको पछि निर्णय गरिने « Eglish Khabarhub

लोकसेवाको परीक्षाबारे आयोगको निर्णय, नयाँ विज्ञापन नहुने, भइसकेकाको पछि निर्णय गरिने



काठमाडौं । लोकसेवा आयोगले सबैखाले परीक्षा स्थगित भएको जानकारी दिएको छ । सोमबार बसेको लोकसेवा आयोगको बैठकले अर्को सूचना नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको निर्णयमा भनिएको छ, ‘लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गरिनेछ ।’

त्यस्तै, दोस्रो निर्णय अनुसार कुनै चरणको परीक्षण कार्यक्रम (प्रथम चरण परीक्षा, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनको हकमा स्थिती सामान्य भएपछि बाँकी सम्पूर्ण परीक्षहरुको नयाँ कार्यक्रम निर्धारण गरिनेछ ।

त्यसैगरी दरखास्त संकलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनको हकमा नेपाल सरकारबाट अर्को निर्णय भइक्ष् नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगत गरिएको छ ।

साथै गत चैतमा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदका लागि भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य २०७७/०२/९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय भएको छ ।

दरखास्त बुझाई सकेका तर दरखास्त दस्तुर वुझाउन वाँकी उम्मेदवारहरुका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर वुझाउने प्रवन्ध गरिने छ । नेपाल सरकारवाट अर्को निर्णय भई नआएसम्मका लागि उक्त विज्ञापनहरुको परीक्षा कायक्रम स्थगन गरिएको छ ।

आयोगको स्वीकृत वार्षिक कार्यतालिका वमोजिम विज्ञापन हुन वाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरिएको छ ।

न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ ।

 

सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धमाः

कुनैपनि चरणको परीक्षा कार्यक्रम (शारीरिक तन्दुरुस्ती परीक्षण, आई.क्यू. परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भई सकेका वा परीक्षा प्रकृयामा प्रवेश गरि सकेका निकाय/संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरि सार्वजनिक गरिनेछ ।

सम्बन्धित निकाय/संस्थावाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगवाट परीक्षा कार्यक्रम निर्धारण हुन वाँकी रहेका निकाय/संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारवाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिएको छ ।

Publish on: