मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा पनि कोरोना देखियो, नयाँ १८ जनासहित संक्रमितको संख्या ३७५ पुग्यो


काठमाडौं । सोमबार थप १८ जनामा कोरोना देखिएको छ । कर्णालीमा पहिलो पटक भेटिएको छ । दैलेख आठबीसका एकजना पुरुषमा कोरोना भेटिएको हो ।

सोमबार मात्रै ८० जनामा कोरोना पुष्टि भएको हो । सोमबार बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनुषाका २ जना पुरुष, खोटाङ हलेसीका एकजना पुरुष, बाँके नैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका १ जना पुरुष, सुनसरी र झापाका १/१ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ३७५ पुगेको छ । हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।