काठमाडौं । नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
यसका लागि उनीहरुले आगामी बजेटमा ललितकला थेरापी प्याकेज ल्याउनुपर्ने माग गरेका छन् ।
विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने माग गरिएको छ ।
ज्ञापन पत्रमा आगामि आर्थिक वर्षको बजेट पुर्ण रुपमा कोभिड-१९ले जनमानसमा पुर्याएको असरको आधारमा आत्मबल पुनरुत्थानमा केन्द्रित हुनुपर्ने समेत माग गरिएको छ ।
विनाशकारी भूकम्पको समयमा ललितकलाकर्मीहरुले ‘ललितकला थेरापी’ कार्यक्रम सञ्चालन गरी भूकम्पले डराएका, तर्साएका, भत्काएका मन, मुटु, मस्तिष्कहरुलाई सामान्य स्थितिमा फर्काउन महत्वपूर्ण काम गरेको भन्दै वर्तमान समयमा सरकारले यस क्षेत्रलाई हेर्नुपर्ने माग गरे ।
उनीहरुले हरेक सरकारी विद्यालयमा एक ललितकला शिक्षकको दरबन्दि राख्नपर्ने नीति तथा कार्यक्रममा राख्न अनुरोध गरेका छन् ।
कला थेरापी विद्यार्थीहरुमा मात्र नभई सबै जनमानसमा पनि उत्तिकै आवश्यक भएको भन्दै उनीहरुले सरकारी कार्यालयमा पनि कलाकृति राख्नुपर्ने माग लगरेका छन् ।
SHARE YOUR THOUGHTS