काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट विभिन्न बाहनामा आउने नेपालीको कारण नेपालमा कोरोनाको संक्रमण बढेको बताएका छन् ।
प्रतिनिधि सभाकोे बैठकमा ओलीले बुहान, इटाली दुवैबाट आउने नेपालीमा कम संक्रमण देखिएको र भारतबाट आउनेमा संक्रमण देखिएको बताएका हुन् ।
उनले भने ‘भारतबाट आउनेबाट धेरै संक्रमण बढेको हो, कोही भाग्ने, कोही लुकेर बस्ने, कोही समुदायमा जानाले संक्रमण बढेको हो, यसबाट सचेत बनौ ।’
ओलीले केही जनप्रतिनिधि र केही सिमामा आएर बसेका नेपाली नेपालमा आउनाले समस्या सृजना गरेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले कोरोनाको महामारीले असामान्य स्थिती आएको बताए । अरुलाई संक्रमण हुन नदिन सरकारले उच्च सतर्कता अपनाउने क्वारेन्टाइनको व्यवस्था गर्ने र प्रभावकारी उपचारमा सरकारको ध्यान गएको ओलीले बताए ।
५७ हजार ९०६ जना क्वारेन्टाइनमा राख्ने क्षमता रहेको बताए । २० हजार गुणस्तर रहेको बताए । नेपालमा २३ जनवरीबाट देखा परेको बताए ।
आइसोलेसनमा राख्ने क्षमता ३ हजार ३०७ जनासम्मको आइसोलेसनमा राख्न सक्ने क्षमता रहेको बताए । अहिले भएको भन्दा ३ हजार बढी आइसोलेसन कक्ष रहेको ओलीको भनाइ छ ।
१ लाख २ हजार ३३२ जनाको चेक गरेको बताए । अहिलेसम्म ३४ जिल्लामा संक्रमण रहेको भन्दै वडा वडामा आइसोलेसन बनाउने काम जारी रहेको बताए ।
जनप्रतिनिधि, सिमानामा आएर बस्नेका कारण समस्या भएको भन्दै अहिले कहाँबाट सर्यो भन्नेमा समस्या रहेको बताए । यो अवस्थामा सिंगो राष्ट एक हुन आवश्यक रहेको बताए ।
उनले लकडाउनको परिपालना गर्नेमा समस्या नभएको र लकडाउनको परिपालना राम्रोसँग नगरेको ठाँउमा जटिलता बढेको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाका विषयमा ११२ जना छलफलमा सहभागी भएका छन् । ५ जना सांसदले संसोधन प्रस्ताव राखेका छन् ।
SHARE YOUR THOUGHTS