एमसीसी पास नभए नेपालले कुटनीतिक विश्वसनियता गुाम्ने छ : प्रधानमन्त्री ओली « Eglish Khabarhub

एमसीसी पास नभए नेपालले कुटनीतिक विश्वसनियता गुाम्ने छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाले सहयोग दिने भनेको मेलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)लाई संसद्ले अनुमोदन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले एमसीसी सम्झौता गरेको र सरकार अविच्छिन उत्तराधिकारी हुने भन्दै यसलाई पास गर्नुपर्ने तर्क पेश गरे ।

अघिल्लो सरकारले वार्ता गरेको र संसद्मा अनुमोदनको प्रक्रिया अगाडि बढाएको भन्दै प्रधानमन्त्री ओलीले एमसीसी पास नभएमा नेपालले कुटनीतिक विश्वसनियता गम्भिर प्रश्न उठ्ने बताए ।

‘सरकारले संसद्मा एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गरेको छ,संसद्ले पास गर्ने भए गर्नुपर्यो फेल गरेको भएपनि गर्नुपर्यो,’प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले दलहरुभित्र,माननियबीचको छलफल गर्न सकेपनि निर्णय गर्ने काम संसद्ले गर्ने र त्यसमा पार्टीले ह्विप जारी गर्नुपर्ने बताए ।

उनले एमसीसी पास भएपनि नभएपनि त्यो प्रसारण लाइन चाहिने भन्दै विजुली विजुली खेर जाने र जलस्रोतको धनी देश त्यसरी उत्पादन गरेको विजुली ट्रान्समिसन लाइन चाहिने भन्दै त्यो अनिवार्य योजना भएका बताए । उनले ट्रान्समिसन लाइन ५ वर्षमा बन्ने र विद्युत् उत्पादन बोक्ने नभएको भन्दै त्यसको लागि ट्रान्समिसन लाइन चाहिने बताए ।

Publish on: