२७ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र ५ जना « Eglish Khabarhub

२७ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र ५ जना



काठमाडौं । कोरोना संक्रमित संख्या २७ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थपिएकामा २४ जना पुरुष र ३ जना महिला रहेका छन् ।

झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौंमा ३, भक्तपुरमा १, ललितपुरमा १, मकवानपुरमा १, रामेछापमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना गरी जम्मा २७ जना थप कोरोना संक्रमित थपिएका हुन् ।

जसमा काठमाडौं उपत्यकामा ५ जना थपिएका छन् । काठमाडौंमा ३,ललितपुर र भक्तपुरमा १/१ जना रहेका छन् ।

यसरी संक्रमतिको संख्या ४०२ पुगेको छ ।

Publish on: