नयाँ मौद्रिक नीति निर्माणमा सुझाव माग्दै राष्ट्र बैंक « Eglish Khabarhub

नयाँ मौद्रिक नीति निर्माणमा सुझाव माग्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । बैंकले आइतबार सूचना जारी गरि मौद्रिक नीतिमा राय÷सुझाव दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।

यस पटकको बजेटमा सरकारले कोरोनाले असर पारेको क्षेत्रको पुनरउत्थानको लागि धेरै सहुलियत तथा राहतको प्याकेज घोषण गरिसकेको छ । जसको कार्यान्यवनको लागि राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति ल्याउनु पर्ने जिम्मेवारी थपिएको छ ।

सरकारले कोरोना असरको पुनरउत्थानमा घोषणा गरेको राहतलाई कार्यान्यवन गर्ने मौद्रिक नीति ल्याउनु पर्ने भएकाले अहिले अन्य वर्षहरुमा भन्दा अबको नयाँ मौद्रिक नीति निर्माणमा राष्ट्र बैंकलाई अतिरित्त चुनौति भएको अर्थविद्हरुले बताउँदै आएका छन् ।

Publish on: