काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको पाचौं विशेष साधारण सभा बैंक सम्पन्न भएको छ ।
कोरोना भाइरसको कारण जुम मार्फत बैंकले पाचाैं विशेष साधारण सभा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष राजन सिंह भण्डारीले सहयोगी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव बैठकले पारित गरेको छ ।
विशेष साधारण सभाले सहयोगी विकास बैंक र सिटिजन्स बैंक इन्टरनेसनल बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९१.७५ कित्ता सेयर (१ः०.९१७५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंकको जेठ २४ गते सम्पन्न विशेष साधारण सभाले समेत सहयोगी विकास बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनलले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।
दुबै बैंकको विशेष÷वार्षिकसाधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकइन्टरनेसनललाई सहयोगी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको थियो ।
यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी रहेकोे सिटिजन्सका भण्डारीले बताए ।
जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ ।
हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।
धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको थियो ।
यी पाँच जिल्लामा हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
SHARE YOUR THOUGHTS