काठमाडौं । चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
एक्यानले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिहरुमा सहजीकरण गर्न सुझाव दिएका छ ।
संघका अध्यक्ष आनन्द वाग्लेको नेतृत्त्वमा गएको संघका पदाधिकारीहरुले कोभिड १९ सिर्जना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाउँदै मौखिक सुझाब समेत दिएको छ ।
प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुँजीकृत, ऋणको बर्गिकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका बिषय समेटिएका छन् ।
संघका सुझावमा गभर्नर अधिकारिले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहने गरी काम गरिदिन आग्रह गरेका छन् ।
गभर्नर अधिकारिले सबैले आ आफ्ना व्यवसायको हित हुनेगरि आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाब हुँदा सबै क्षेत्रमा सन्तुलन रहनेगरि काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टसहरुको भूमिका महत्त्वपूर्ण रहने बताए ।
साथै प्रतिबेदनमा रिभेन्यु अडिट बैंकहरु को शाखाको अडिट, नेपालबाट विदेशमा पुंजी तथा लाभांश लैजादा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट मा ओभरड्राफ्ट लोन लिँदा सीएको सिफारिस चाहिने व्यवस्था तथा सीएहरुसंगै उनीहरुको फर्मलाई पनि सहुलियतमा चालु पुँजी कर्जा दिने व्यवस्था मौद्रिक नीति मार्फत नै गर्ने बिषय उल्लेख गरिएका छन् ।
संघका अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तिमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट काम हुने व्यवस्था मिलाउनलाई राष्ट्र बैंकलाई सुझाब दिएका छन् ।
त्यस्तै राष्ट्र बैंकसँगको छलफलको लागि सहजीकरणको भूमिका निभाएका उपाध्यक्ष रमेश धितालले गभर्नर को जिज्ञासामा एनएफआरएसमा हाल रहेका प्रभावकारी ब्याजदर, कन्सोलिडीएसन, लगायतका कार्भ आउटको बारेमा र यसको अबधि र कार्यन्वयनमा रहेका चुनौती बारे सुझाब दिएका छन् ।
उनले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एनएफआरएस परिमार्जन पश्चात इसीएल मोडल कार्यन्वयनमा राष्ट्र बैंकसंग काम गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट संघ इच्छुक रहेको बताए।
SHARE YOUR THOUGHTS