कुलमान घिसिङलाई पितृशोक « Eglish Khabarhub

कुलमान घिसिङलाई पितृशोक



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घिसिङ बाथरुम जाने क्रममा बेहोस भएको बताइएको छ ।

आइतबार साँझ बेहोस भएपछि उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो । उपचारको क्रममा निधन भएको हो । उनको अन्त्येष्टि स्वयम्भुमा गरिने बताइएको छ ।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी रहेका छन् । घिसिङको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो ।

Publish on: