काठमाडाैं । निजी विद्यालयहरुले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने भएका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि शुरु भएको अनलाइन तथा दूर शिक्षा रोक्ने बताएका हुन् ।
उनीहरुले तत्कालका लागि आर्थिक संकटबाट बच्नका लागि अनलाइन कक्षा बन्द गर्नु परेको तर्क गरेका छन् । साथै शिक्षकहरुलाई बेतलबी बिदा बस्न समेत उनीहरुले आग्रह गरेका छन् । शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ।
‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।
SHARE YOUR THOUGHTS