महालक्ष्मी विकास बैंकको सस्तो कर्जा योजना, ९.९९% व्याजदरमा आवास र उद्यमशील कर्जा « Eglish Khabarhub

महालक्ष्मी विकास बैंकको सस्तो कर्जा योजना, ९.९९% व्याजदरमा आवास र उद्यमशील कर्जा



काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी सस्तो कर्जा योजना ल्याएको छ । बैंकले आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको हो ।

बंैकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान जनाएको छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकको भनाइ छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्

Publish on: