सिटिजन्स बैंकद्वारा कोरोना रोकथाम कोषमा थप २० लाख १५ हजार सहयोग « Eglish Khabarhub

सिटिजन्स बैंकद्वारा कोरोना रोकथाम कोषमा थप २० लाख १५ हजार सहयोग



काठमाडौं । सिटिजन्स बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारलाई २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरको हो ।

यस अघि पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम,नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख , विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख तथा विभिन्न संघ संस्थालाई रु ६ लाख गरि हालसम्म कुल रु ६१ लाखको सहयोग गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा रु २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग रु ८१ लाख पुगेको छ ।

यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ ।

यसैगरी, बैंकले कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एटिएम प्रयोगमा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंकले हाल ११० वटा शाखा, ९८ वटा एटिएम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Publish on: