काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै २०० जनामा काेराेना संक्रमण पुष्टी भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ७०७ जना गरी हालसम्म २९ हजार ६४५ जनामा काेराेना संक्रमण पुष्टी भइसकेको छ ।
हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या १७ हजार ९६४ जना पुगेको छ ।
हाल आइसोलेसनमा ११ हजार ५५५ जना संक्रमित छन् भने क्वारेन्टिनमा ११ हजार ७६८ जना छन् । हालसम्म १२६ जना मृत्यु भइसको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।
SHARE YOUR THOUGHTS