सुनको मूल्य ४ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो



काठमाडौं । निरन्तर ओरालो लागेको सुन आज पनि प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार ९७ हजार २ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ३ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Publish on: