काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले आज औपचारिक रूपमा मजदुरलाई समेट्ने श्रमिक बैंकको उद्घाटन गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरेका कार्य प्रगति तथा चालु आव २०७७/७८ को लागि लक्ष्य तथा कार्यक्रमा बोल्दै मन्त्रालयका मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंकको घोषणा गरेका हुन् ।
सबै क्षेत्रमा कार्यरत नेपाली मजदुरको तथ्याङ्क जानकारी राख्नका लागि निकै महत्वपूर्ण निकाय रहेको भन्दै मन्त्री यादवले श्रमिक बैंकको उद्घाटन गरेका बताए ।
साथै, औपचारिक तथा अनौपचारिक स्थानमा काम गर्ने मानिसको सबैको तथ्याङ्क संकलन हुने मन्त्री रायको भनाइ छ ।
औपचारिक तथा अनौपचारिक, कृषि तथा अन्य क्षेत्रमा काम गर्ने मजदुरको कहिले कुनै श्रेणी दिएको छैन्,’ मन्त्री यादवले भने, ‘श्रमिक बैंकले अब जस्तो सुकै काम गर्ने मजदुरलाई आफ्नो काम अनुसार श्रेणी दिइनेछ ।’
मन्त्री यादवको अनुसार सबै क्षेत्रमा काम गर्ने मजदुरलाई प्रमाणपत्रबाट वञ्चित नहुने दाबी गरेको छ ।
साथै, कुन क्षेत्रमा कति मजदुर आबद्ध छन् भन्नेबारे स्पष्ट हुने मन्त्रालयले विश्वास लिएका छन् ।
SHARE YOUR THOUGHTS