मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १०.४० % लाभांश दिने


काठमाडौं । माछापुच्छ्रे बैंक बैंकले सेयर लगानीकर्तालाई १०.४० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले लगानीकर्तालाई ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको छ ।

बैंकको उक्त लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ ।

वाणिज्य बैंकहरुमा गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे नै पहिलो बैैंक बनेको छ ।