काठमाडौं । कुमारी बैंकले धितोपत्र विनिमय बजारमा कारोवार हुने सेयर खरिदका लागी सस्तो व्याजदरमा ‘कुमारी मार्जिन लेन्डिंग योजना’ सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत सेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिद पश्चात् सोही सेयर धितोमा रहने प्रावधान रहेको छ ।
कर्जा मार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ । उक्त कर्जा योजना हालसम्म कै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ । हाल बजारमा प्रवाह हुने सेयर कर्जाहरुमा सेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ ।
सेयर बजारमा लगानीगर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । ७० वर्षसम्म उमेर पुगेकाले उक्तकर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्गफी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन् ।
प्रतिक्रिया