एनएमबि बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच भुक्तानी सम्बन्धी सम्झौता « Eglish Khabarhub

एनएमबि बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच भुक्तानी सम्बन्धी सम्झौता



काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्ससँग भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । बैंकले कम्पनीसँग विच्याट भुक्तानी प्रणालीमार्फत् नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने गरी सम्झौता गरेको हो ।

यससँगै बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक रहेको छ । टेन्सेन्ट होल्डिंग्ससंगको उक्त साझेदारीबाट बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ ।

साझेदारीसँगै नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्ने बैंकले जनाएको छ ।

‘हामी १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं ।’, कम्पनीले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रमा संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ ।

Publish on: