काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारणसभा गर्ने भएको छ । बैंकले मंसिरमा हुने साधारणसभाको लागि बुक क्लोजको मिति समेत सार्वजनिक गरेको छ ।
बैंकका अनुसार कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअघि नै बैंकले लगानीकर्तालाई बोनस १३ र नगद ३ सहित १६ प्रतिशत लाभांश दिने पस्ताव गरिसकेको छ ।
कात्तिक २७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त लाभांश पाउनुका साथै साधारणसभामा सहभागी हुनेछन् ।
SHARE YOUR THOUGHTS