काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको इजलासले सबै १२ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
यसअघि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका थिए । जसमध्ये १२ वटा साधारण इजलास र एउटा संवैधानिक इजलासमा पेशी तोकिएको थियो ।
साधारण इजलासका १२ वटा रिटमा बुधबार सुनुवाई गर्दै सबै मुद्दा शुक्रबारका लागि संवैधानिक इजलासमा पठाइएको छ ।
SHARE YOUR THOUGHTS