बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय निर्विरोध « Eglish Khabarhub

बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय निर्विरोध



काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय निर्विरोध चयन भएका छन् । संघको रिक्त रहेको उपाध्यक्ष पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका हुन् ।

बैंकर्स संघले संघका कार्यकारी निर्देशक अनिल शर्माको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । समितिले दुई साताअगाडि रिक्त रहेको उपाध्यक्षसहित दुई कार्यकारी सदस्य पदका लागि मनोनयन खुला गरेको थियो । प्राप्त मनोनयन दर्ताबाट संघले उपाध्यक्ष र २ जना सदस्य मनोनयन गरेको हो ।

जसमा संघको सदस्यमा सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे निर्विरोध निर्वाचित भएका छन् ।

संघको विधानमा गरिएको व्यवस्था अनुसार उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार अनिल उपाध्याय बैकर्स संघको आगामी कार्यकालको लागि अध्यक्ष बन्नेछन् ।

Publish on: