काठमाडौं । हिमालयन बैंकले इस्टर्न एजेन्सी प्रालिसँग सवारी साधन कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ । बैंकले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउन माघ ९ गते सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन् ।
हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ ।
SHARE YOUR THOUGHTS