काठमाडौं । सेञ्चुरी बैंकको नाफा २८.२५ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणमा गत आवको सोही अवधिको तुलनामा १८ करोड ३७ लाखले घटेर ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।
कुल ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ चु्क्तापुँजी भएको बैंकको रिजर्भमा १ अर्ख ४५ करुोड २५ लाख २३ हजार रुपैयाँ छ ।
बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा निक्षेप संकलन ८३ अर्ब ७९ करोड ४० लाख ४६ हजार रुपैयाँ संकलन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा निक्षेप संकलन ६५ अर्ब ३१ करोड ४८ लाख ८७ हजार रुपैयाँ गरेको थियो ।
कर्जा प्रवाहमा समेत बैंकले गत वर्षभन्दा बढाएको छ । बैंकले गत वर्षको समीक्षा अवधिमा ५८ अर्ब १५ करोड २२ लाख ११ हजार कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाहलाई बढाएर ६९ अर्ब २५ करोड २० लाख ७७ हजार गरेको छ ।
बैंकको पुँजीकोष अनुपात १३.२५ प्रतिशत छ । त्यसैगरी बैंकको खराब कर्जा १.६७ प्रतिशत नै छ ।
SHARE YOUR THOUGHTS