काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रबद्र्धन गर्ने उद्देश्यसहित विर्तामोडको कृषि बजारबाट क्यूआरकोड सेवा शुरु गरेको छ । नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्य उक्त सेवा शुरु गरिएको हो ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रबिन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता बिस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआरकोडमार्फत् साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास छ ।
कार्यमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले कृषि व्यवसायी अमरबहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए ।
‘यो योजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं,’ बैंकका प्रदेश १ प्रमुख घिमिरे भने ।
SHARE YOUR THOUGHTS