काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो भने मंगलबार ८७ हजार ५० रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ हजार ३५ रुपैयाँ थियो भने मंगलबार पनि सोही मूल्य कायम भएको छ ।
SHARE YOUR THOUGHTS