काठमाडौं । लक्ष्मी बैंकले निक्षेप र कर्जाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हाल ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
साथै बैंके ट्रम डिपोजिटमा ३ महिनादेखि ६ महिनाका लागि संस्थागत ६.५ प्रतिशत र व्यक्तिगत ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ६ महिनाभन्दा बढी भएमा संस्थागत र व्यक्तिगतका लागि ७ प्रतिशतसम्म तोकेको छ । साथै रिक्युरिङ डिपोजिटमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र स्ट्रक्चर्ड डिपोजिटमा संस्थागतका लागि ७.५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी कर्जाका लागि बैंकले ६.७९ प्रतिशत बेस रेट तोकेको छ । साथै बैंकले उक्त बेसरेटमा थप अधिकतम ओभरड्राफ्ट कर्जा, इम्पोर्टर कर्जा, सप्लाइ फाइनान्स, ट्रम लोन, होम लोन, अटो लोन, एजुकेशन लोन, पर्सनल लोनलगायतमा ५ प्रतिशतसम्म थप गरी ब्याजदर लिन सकिने जनाएको छ ।
SHARE YOUR THOUGHTS