उपत्यकामा २२१ आइसीयू, ६९ भेन्टिलेटर र ७५० आइसोलेसन बेड खाली भएको सरकारको दावी (सूचिसहित) « Eglish Khabarhub

उपत्यकामा २२१ आइसीयू, ६९ भेन्टिलेटर र ७५० आइसोलेसन बेड खाली भएको सरकारको दावी (सूचिसहित)



यो तस्बिर आइतबार दिउँसो साढे १ बजे तिरको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भवनको गेटमा करिब १५ जना बिरामीहरु टन्टलापुर घाममा अक्सिजन लगाएर बसिरहेका छन् ।

कोरोना संक्रमित बिरामीहरु अस्पतालमा बेड नपाएर बाहिर बस्न बाध्य भएका हुन् । तर, त्यसको भोलिपल्ट मंगलबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार उक्त अस्पतालमा ५ वटा आइसोलेसन बेड र १६ वटा आइसीयू छन् ।

त्यतिमात्रै होइन, नजिकाको वीरेन्द्र छाउनी अस्पतालमा ४३ वटा आइसोलेसन बेड र ६ वटा भेन्टिलेटर खाली छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेलसहित काठमाडौं उपत्यकाका अस्पतालमा मंगलबार दिउँसोसम्म ७५० वटा आइसोलेसन बेड, २२१ वटा आइसीयू र ६९ वटा भेन्टिलेटर छन् ।

एकातिर बिरामीले अस्पतालमा बेड अभावमा भर्ना हुन नपाउनु र अर्कोतर्फ बेड खाली हुनुलाई आशंकाले हेरिएको छ । बिरामीलाई अहिले कुनै पनि अस्पतालले बेड अभावमा भर्ना लिन मान्दैनन् । तर स्वास्थ्य मन्त्रालयले भने बेड खाली रहेको सूचि प्रकाशित गरेको छ ।

सूचि

Publish on: