म्याद समाप्त भएका खाद्यवस्तु बिक्री गर्ने व्यक्ति पक्राउ « Eglish Khabarhub

म्याद समाप्त भएका खाद्यवस्तु बिक्री गर्ने व्यक्ति पक्राउ



काठमाडौं । बालाजुमा म्याद समाप्त भएको खाद्यवस्तु बिक्री गर्ने व्यवसायी पक्राउ परेका छन् । वाणिज्य, आपूर्ति तथा संरक्षण विभाग र महानगरीय अपराध महाशाखाका प्रतिनिधिले नियम विपरीत खाद्यवस्तु बिक्री गरेकाले पक्राउ गरेको हो ।

बालाजुमा रहेको नेपाल भेञ्चर प्रालिले उपभोक्ता संरक्षण ऐन विपरीत पास्ता, सेवाई, कुकिज, चक्लेट, सोयाबिन एवम् बिस्कुटलगायतका खाद्यवस्तुमा उपभोग्य मिति तथा मुल्य सम्बन्धी नयाँ लेबल लगाइ बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरेको विभागले जनाएको छ ।

विभागले मंगलबार लेबल गर्नेसहित २ वटा भण्डारण स्थल शिलबन्दी गरेको छ । त्यस्तै थप अनुसन्धानका लागि पुनः लेबल गर्ने मेशिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुहरू (नमूना) बरामद गरेको छ ।

त्यस्तै कार्यमा संलग्न एक व्यक्ति प्रहरीको नियन्त्रणमा छन् भने मुख्य सञ्चालक भनिएका फरार व्यक्ति प्रभात देवलाई प्रहरीले खोजी गरिरहेको विभागका प्रवक्ता शिवराज सेढाइले बताए ।

Publish on: