![](https://internal.appharu.com/wp-content/uploads/2021/10/prem-suwal.png)
काठमाडौं । ठगी प्रकरणमा विवादमा मुछिएपछि पक्राउ परेका इच्छाराज तामाङका विषयमा सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रेम सुवालले इच्छाराज तामाङका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
उनले पूर्वसांसद समेत तामाङले साढे ७ अर्ब बचत ठगी गरेको भन्ने विषय सार्वजनिक भएको भन्दै जवाफ माग गरेका हुन् ।
शुक्रबार एमालेका सांसदको विरोधका बावजुद संसद सञ्चालन भइरहेको छ ।
SHARE YOUR THOUGHTS