पुनरकर्जाका लागि राष्ट्र बैंकले माग्यो आवेदन « Eglish Khabarhub

पुनरकर्जाका लागि राष्ट्र बैंकले माग्यो आवेदन


१४ कार्तिक २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनकर्जाका लागि आवेदन माग गरेको छ ।

राष्ट्र बैंकका अनुसार पुनरकर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन सहितको ९ (१) बमोजिम एकमुष्ट रुपमा पुनरकर्जाको लागि आवेदन माग गरेको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले एकमुष्ट रुपमा हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो ।

राष्ट्र बैंकका अनुसार मंसिर १९ गतेसमम आवेदन बुझाउनु पर्ने छ । राष्ट्र बैंकका अनुसार असोज २५ मा जारी भएको परिपत्र अनुसार कोरोनाबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा उक्त कर्जा दिन लागेको हो ।

आवेदन दिनका लागि केही शर्त समेत तोकेको छ । जसमा संस्थाले माग गर्ने कूल पुरकर्जाको रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ । पुनरकर्जाका लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन दिनुपर्ने छ ।

कोरोनाले प्रभाव पारेका मध्ये अति प्रभावित र मध्यम प्रभावित गरी दुई भागमा विभाजन गरिएको छ । अति प्रभावितमा परेको पर्यटन अन्तर्गत टे्रकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पाआदि छन् ।

होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय, पर्यटन, वन्यजन्तु आरक्षण, साहसिक पर्यटनः स्किइङ, ग्लाइडिङ, वाटर याटिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत, गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हल, रोजगारी गुमेका श्रमिक, कामदार वाकर्मचारी (स्वदेशमा वा विदेशमा), मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डाआदि उत्पादन तथा बिक्री वितरण, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक, निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कुल, चाइल्ड केयर रहेको छ ।

यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानूनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर रहेको छ ।

राष्ट्र बैंकका अनुसार मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण, आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर, भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ, प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा, ढुंगा, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसायलगायतका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार ००:००  ११ : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping