![](https://internal.appharu.com/wp-content/uploads/2021/05/bank-photo.jpg)
काठमाडौं । काठमाडौं । तरलता अभाव खेपिरहेका वाणिज्य बैंकमा एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदरको माथिल्लो सिमा १०.०५ प्रतिशत निर्धारण गरेसँगै बैंकमा एकै दिन ७ अर्ब निक्षेप थपिएको हो । सोमबारसम्म ४२ खर्ब २६ रुपैयाँ रहेको रहेको निक्षेप मंगलबार ७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकमा लगानीयोग्य रकम (तरलता) अभावभएसँगै कर्जा–निक्षेप अनुपात(सीडीे) रेसियो सोमबार ९०.१४ प्रतिशत पुगेको थियो । मंगलबार प्रणालीमा ७ अर्ब रुपैयाँ थपिदाँ सीडी रेसियो पनि घटेर ८९.९१ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकमा तरलता अभावले बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका थिए । राष्ट्र बैंकको पछिल्लो निर्देशनले प्रणालीमा निक्षेप थपिदाँ बैंकहरुले राहत पाउने सम्भावना रहेको जानकारहरुको भनाई छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (क्रेडिट डिपोजिट रेसियो) अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सम्बन्धी व्यवस्था खारेज गरिनेछ ।
पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिनेछ भन्ने व्यवस्था गरेको थियो ।
तलता अभावले सीडी रेसियो ९० प्रतिशत पार गरेपनि घट्न थालेको छ । बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोबारको दर सोमबार ४.९७ प्रतिशत पुगेकोमा मंगलबार ४.९६ प्रतिशतमा झरेको छ ।
SHARE YOUR THOUGHTS