![](https://internal.appharu.com/wp-content/uploads/2021/11/Priority-counter-Kumaripati-768x423.jpg)
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मंसिर ५ गतेदेखि ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको बैंकको भनाइ छ ।
कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रुपमा गरेका छन् ।
श्याम काजी अवालेज्यूले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
SHARE YOUR THOUGHTS