![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Gold.jpg)
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार १२ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS