![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।
बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव भएका कारण राष्ट्र बैंंकले दुई साताको लागि २० अर्बको रिपो जारी गर्न लागेको हो । यसमा बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलको माध्यमबाट सहभागी हुन पाउनेछन् ।
बैंकमा पैसा अभाव भएपछि केन्द्रीय बैंकले रिपो मार्फत पैसा पठाउने काम गरिरहेको छ । तै पनि बैंकमा तरलता अभाव भने कम हुन सकेको छैन ।
SHARE YOUR THOUGHTS