![](https://internal.appharu.com/wp-content/uploads/2019/04/beema-samiti.jpg)
काठमाडौँ । बीमा कम्पनीहरुको डीडीए गर्नका लागि २० एकाउटेण्ट्स उत्तीर्ण भएका छन् । कम्पनीहरुको डीडीए कार्य गर्नका लागि प्रस्ताव पेश गरेकामध्ये उत्तीर्ण भएका २० एकाउटेण्ट्सको नाम बीमा समितिले सार्वजनिक गरेको हो ।
डीडीए गर्नका लागि आएका प्रस्तावहरुको प्राविधिक मूल्याङ्कनबाट पूर्णाङ्क १०० मा २० एकाउटेण्ट्स उत्तीर्ण भएको समितिले जानकारी दिएको छ ।
समितिले मंसिर १५ गते बुधबारका दिन समितिको कार्यालय, कुपण्डोलमा दिउँसो २ बजे आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको जानकारी दिएको छ ।
बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई बिस्तृत लेखापरीक्षण ‘डीडीए’गर्न निर्देशन दिएको छ ।
बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ का अनुसार डीडीए गर्न निर्देशन दिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/image-1-1-543x768.png)
SHARE YOUR THOUGHTS