![](https://internal.appharu.com/wp-content/uploads/2021/06/Loan-nepal_6bbAAy97W8..jpg)
काठमाडौं । अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्नका लागि कर्जामा सहुलियत दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
जसमा अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल निर्माण गर्नका लागि आधार दरमा २ प्रतिशत विन्दु प्रिमियम थप गरी २० करोडसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।
यसअघि मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल निर्माण गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइएको थियो ।
SHARE YOUR THOUGHTS