
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जाको हकमा परिवर्तनीय ब्याजदरका साथै स्थिर ब्याजदर पनि प्रकाशन गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जा स्थिर ब्याजदरमा समेत प्रदान गर्नुपर्ने व्यवस्था थियो ।
SHARE YOUR THOUGHTS