![](https://internal.appharu.com/wp-content/uploads/2019/05/immigration-department.jpeg)
काठमाडौं । सरकारले अफ्रिकी मुलुकहरुबाट नेपाल आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
अफ्रिकी मुलुकहरुमा ओमिक्रोन भेरियन्ट देखा परेसँगै नेपाल सरकारले ती देशहरुबाट नेपाल आउने नागरिकलाई रोक लगाएको हो ।
गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता फणिन्द्रमणी पोखरेलले ती देशहरुबाट आउनेहरुलाई अनअराइभल भिसामा रोक लगाउने निर्णय भएको क्लिकमाण्डूलाई जानकारी दिए ।
पछिल्लो समय अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै मालदिभ्सले विभिन्न ७ वटा अफ्रिकी देशबाट आउने यात्रुहरुलाई रोक लगाइसकेको छ । जसमा दक्षिण अफ्रिका, बोतस्वाना, जिम्वाबे, मोजाम्बिक, नामिबिया, लेसोथो, इसवाथिनीबाट आउने यात्रुहरुलाई रोक लगाएको हो । साथै छिमेकी मुलुक भारतले पनि सतर्कता अपनाउने भनिसकेको छ ।
यता अन्य मुलुकहरुले पनि अफ्रिकी देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइसकेको छ ।
अफ्रिकी मुलुकहरुसँगको सम्पर्कमा रोक लगाइएपछि दक्षिण अफ्रिकाले इमान्दारितामा सजाए पाएको प्रतिक्रिया दिएको छ ।
SHARE YOUR THOUGHTS