कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण « Eglish Khabarhub

कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण


१४ मंसिर २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कतार सरकारले कोरोना महामारीसँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग लड्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

टर्किस एयरलाइन्सबाट काठमाडौं पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझि मार्फत सोमवार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीले कतार सरकारले आवश्यक परेको समयमा संधै नेपाललाई सहयोग गरेको बताए ।

कोरोना महामारीसंग जुध्न शुरूवातदेखि कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसंग लड्न हिम्मत मिलेको जिकिर गरे ।

डाक्टर रायमाझीले कतार सरकारले महामारीको समयमा नेपालीको उपचारका लागि दिएका सबै भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउंने बताए ।

कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टर्ड फ्लाइटमार्फत् स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रममार्फत् कोरोना विरूद्दको खोप उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार ००:००  ३ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping