![](https://internal.appharu.com/wp-content/uploads/2021/12/NMB-1.jpg)
काठमाडौं । एनएमबि बैंकले बैंक अफ दि इयर- २०२१ एशिया अवार्ड हात पारेको छ ।
बेलायतको द फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने द बैंकर म्याग्जिनले प्रदान गर्दै आएको यो अवार्ड नेपाली बैंकले पाएको पहिलो अवसर हो ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा अवार्ड प्राप्त गरेकाे जानकारी दिइयाे ।
बैंकका सीइओ सुनिल केसीले यो अवार्ड नेपालका सबै बैंकको जित भएको बताए । अवार्डको प्रतिष्पर्धामा एशियाका ४८ वटा देशका बैंकहरु सहभागी थिए ।
एनएमबि बैंकले इतिहास रच्दै एशियाको सर्वोत्कृष्ट बैंक बन्न सफल भएकोमा खुसी व्यक्त गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/IMG_9074-1.jpg)
SHARE YOUR THOUGHTS