![](https://internal.appharu.com/wp-content/uploads/2018/01/Jewelary_Ornaments_gold.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।
SHARE YOUR THOUGHTS