राष्ट्र बैंकको काम सेयर बजार हेर्ने होइन: डेपुटी गभर्नर ढुंगाना « Eglish Khabarhub

राष्ट्र बैंकको काम सेयर बजार हेर्ने होइन: डेपुटी गभर्नर ढुंगाना



पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको बेला नेपाल राष्ट्र बैंक बरिष्ठ डेपुटी गर्भनर निलम ढुंगानाले पुँजी बजारमा नेपाल राष्ट्र बैंकको कुनै पनि संलग्नता नहुने बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै ढुंगानाले नेपाल राष्ट्र बैंकले शेयर बजारमा कहिले पनि हिट नगर्ने बताएकी हुन ।

‘नेपाल राष्ट्र बैंकले क्यापिटल मार्केटमा कहिले पनि हिट गर्दैन,’ एक प्रश्नको उत्तर दिँदै ढुंगानाले भनिन्, ‘नेपाल राष्ट्र बैंकको काम बैंक तथा वित्तीय संस्थाले कुन क्षेत्रमा ऋण दिइरहेका छन् भनेर हेर्नेमात्र हो । क्यापिटल मार्केट हेर्न सेबोन छ ।’

सेबोनले नै क्यापिटल मार्केट हेर्ने र नेपाल राष्ट्र बैकले क्यापिटल मार्केटलाई कहिले पनि रेगुलेट नगर्ने बताइन ।

नेपाल राष्ट्र बैंकले निक्षेप–पुँजी– कर्जा अनुपात (सीसीडी रेसियो)को नीतिलाई परिवर्तन गरेर निक्षेप–कर्जा (सीडी रेसियो) लागुगर्दा तरलता अभाव भएको भन्ने प्रश्नमा बैंक तथा वित्तीय संस्थालाई बचाउन नै सीडी रेसियोको नीति लिइएको बताइन ।

‘सीसीडी रेसियो नै राखेको भए अहिले धेरे बैंकलाई समस्या पर्ने थियो,’ उनले भनिन्, ‘बैंकलाई बचाउन नै यो नीति लिइएको हो ।’ अहिलेको समस्या भनेको बैंकको पुँजी अभाव नभएर तलता अभावमात्र भएको उनको भनाइ छ ।

उनले तरलता अभाव भयो भन्दैमा सीडी रेसियोको नीतिलाई पुनः सीसीडी रेसियोमा जाने अवस्थामा नेपाल राष्ट्र बैंक नरहेको बताइन । तरलता अभाव हटाउने अन्य उपायहरु रहेको भन्दै ति विधिलाई कार्यान्वयन गर्नुपर्ने उनको जोड छ ।

ढुंगानाले विभिन्न कारणले तरलता अभाव भएको भन्दै यसको समाधानको लागि विभिन्न काम गरिरहेको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै ढुंगानाले तरलता अभावको सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामहरु गरिरहेको बताइन् ।

उनले कर्जाको माग र निक्षेपमा असन्तुलन हुँदा तरलता अभाव भएको बताइन । पछिल्लो समय वस्तु आयात उच्च हुनु, रेमिट्यान्समा कमी हुनु, सरकारी खर्च नहुनुलगायतका कारणले तरलता अभाव रहेको बताइन ।

पछिल्लो चार महिनामा वैदेशिक अनुदानका रुपमा ११ अर्ब र वैदेशिक ऋण ८ अर्बमात्र आएको बताइन ।

Publish on: