![](https://internal.appharu.com/wp-content/uploads/2021/11/beema-samiti.jpg)
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षभित्र बीमा सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । बीमा सेवाको दायरा विस्तार गर्दै आगामी वर्षमा न्यूनतम एक तिहाई जनसंख्यामा बीमाको पहुँच पु¥याउने लक्ष्य सरकारले लिएको हो ।
बीमा समितिको पछिल्लो तथ्यांकअनुसार बीमाको दायरामा आएको जनसंख्या २७।७९ प्रतिशत छ । गत आवको कात्तिक महिनाको अन्त्यसम्ममा बीमाको दायरामा आएको जनसंख्या २२.१७ प्रतिशत मात्रै थियो ।
चालु आवको कात्तिक मसान्तसम्ममा वैदेशिक रोजगार बीमालाई जोड्दा बीमाको दायरामा आएको जनसंख्या २९.६८ प्रतिशत रहेको समितिको तथ्यांक छ । गत आवको कात्तिक महिनासम्ममा वैदेशिक रोजगार बीमालाई जोड्दा बीमाको दायरामा आएको जनसंख्या २४.८२ प्रतिशत मात्रै थियो ।
सरकारले चालु आवको बजेट बक्तव्यमा न्यूनतम एक तिहाई जनसंख्यामा बीमाको दायरा विस्तार गर्ने लक्ष्य लिएको थियो ।
सरकारले दिएको ३३ प्रतिशतको टाग्रेटलाई पुरा गर्नका लागि बीमा समिति प्रतिवद्ध रहेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । सरकारले दिएको टाग्रेटलाई पुरा गर्नका लागि तयारी समेत रहेको उनले बताए ।
‘यहि आर्थिक वर्षभित्र सरकारले हामीलाई तोकिदिएको टागे्रट ३३ प्रतिशत जनसंख्यामा कसरी पुग्नु पर्छ भनेर हाम्रो तयारी छ,’ सिलवालले भने, ‘त्यहाँ पुग्ने हाम्रो अठोट पनि छ । त्यो कुराबाट हामी पछि हट्दैनौ पनि । कसरी अगाडि बढेर हामीले हाम्रो लक्ष्य हासिल गर्ने हो त्यता लाग्ने छु ।,’
चालू आर्थिक वर्षमा कूल जनसङ्ख्याको ३३ प्रतिशतलाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य हासिल गर्नका लागि तालिकावद्ध रूपले अगाडि बढ्ने प्रतिवद्धता सिलवालको छ ।
सो अवधिमा सरकारले लिएको लक्ष्यलाई भेट्नका लागि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पूर्ण रुपमा लागि पर्दै आएको बताएको छ ।
अर्थमन्त्रीको प्रश्न बीमाको दायरा वृद्धि गर्नका लागि कोटा बाँडीएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले नियमनकारी निकाय बीमा समिति र बीमा कम्पनीलाई बीमा सेवा विस्तारका लागि के काम भईरहेको भन्दै प्रश्न गरेका छन् ।
बीमा समितिको नयाँ भवन कार्यालय शिल्यानास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बीमा समिति र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि के काम भईरहेको भन्दै प्रश्न गरेका हुन् ।
बीमाको दायरा बढाउन तथा सरकारको लक्ष्य हासिल गर्नका लागि बीमा समिति र बीमा कम्पनीहरूलाई ठोस योजनासहित गम्भीर भएर लाग्न अर्थमन्त्री शर्माले निर्देशन दिए ।
‘बीमाको दायरा वृद्धि गर्नका लागि बीमा कम्पनी र बीमा समितिलाई पनि मेरो प्रश्न छ,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले लिएको लक्ष्य पुरा गर्नका लागि कोटा बाड्नु भएको छ रु सबै कम्पनीहरुलाई टाग्रेट दिनु भएको छ रु अथवा त्यो स्वःस्फूर्त रुपमा हुनेरु बीमा व्यापार मात्रै हो की सेवा पनि हो ? सुरक्षा कवज हो की व्यापार मात्रै हो ?’
स्थानीय तहमा बीमा समिति
सरकारले लिएको लक्ष्यलाई पुरा गर्नका लागि समितिले स्थानीय निकायसँग बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । समितिका उच्च अधिकारीहरु यति बेला बीमा बुझाउन विभिन्न जिल्लाका स्थानीय तहमा पुगिरहेका छन् ।
स्थानीय तहहरूमा बीमासम्बन्धी जनचेनामूलक कार्यक्रमहहरू अभियानका रूपमा संचालन गर्दै बीमा समितिले केही महिना अघिदेखि बीमा साक्षरताका लागि भन्दै स्थानीय निकायमा गई कार्यक्रम गर्दै आएको छ । बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि समितिले स्थानीय निकायसँग समन्वयन गर्दै आएको छ ।
समितिले प्रदेशस्तरमा समेत कार्यक्रम गर्दै आएको छ । नेपालका दुर दराजमा रहेका विकट स्थानीय तहमा समेत बीमा सम्बन्धी जनचेतामूलक कार्यक्रम समितिले पुर्याएको छ । समितिले स्थानीय निकायसँग समन्वयन गर्दै बीमाको पहुँच वृद्धिका लागि जोड दिँदै आएको छ ।
SHARE YOUR THOUGHTS