मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने


काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यसबाहेक बैंकले नेपाल सरकारले गरेको अग्राधिकार सेयरमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।